Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • नेपाल प्रहरी र प्रभु बैंकबीच छात्रवृत्ति अक्षय कोष स्थापनासम्बन्धी समझदारी

    नेपाल प्रहरी र प्रभु बैंकबीच छात्रवृत्ति अक्षय कोष स्थापनासम्बन्धी समझदारी

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा, प्रहरी कल्याण कोष र प्रभु बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी/प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    उक्त समझदारीपत्रमा नेपाल प्रहरीकोतर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र प्रभु बैंक लिमिटेडको तर्फबाट बैंकका मुख्य प्रबन्धक मञ्जय राज पाण्डेले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिहीबार हस्ताक्षर गरेका हुन् ।



    सो अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदानप्रदानसमेत गरे ।

    समारोहमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततीलाई छात्रवृत्ति प्रदान गर्ने यस पुण्य कामको लागि प्रभु बैंकलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार