Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली सुन देखाएर ठगी गर्ने चारजना प्रहरीको फन्दामा

पर्सा । पर्सामा नक्कली सुन देखाई ठगी गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

उनीहरुलाई बिहीबार दिउँसो वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ हिमालयन होटल अगाडिबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका–१० बस्ने ३१ वर्षीय रामवीर चौधरी, वडा नं. ६ बस्ने ४५ वर्षीय लालबाबु राय यादव, वडा नं. १८ बस्ने ३८ वर्षीय राकेश कुर्मी र वडा नं. १७ बस्ने वर्ष २७ वर्षीय अवधेश कुमार राय रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले बीआर३१पी ०६४९ नम्बरको गाडीमा बसेर सर्वसाधारणलाई नक्कली सुन (बिस्कुट आकारको १ किलो लेखिएको धातु) देखाई भ्रममा पारी ठगी गर्ने नियतले बिक्री गर्न लागेको बताइएको छ ।

प्रहरीले उनीहरुले प्रयोग गरेको भारतीय नम्बर प्लेट भएको गाडी र सुनको जलप भएको पहेँलो बिस्कुट आकारको धातु पनि बरामद गरेको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077