Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सांसद भण्डारीको आज दुईवटा शल्यक्रिया हुँदै

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको आजै दुईवटा अपरेशन हुने भएको छ ।

बुधबार राति घरमै ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भए लगत्तै १०ः३० बजे कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा भर्ना गरिएका उनलाई चिकित्सकले स्वेदशमा उपचार सम्भव नहुने बताएपछि बिहीबार मुम्बई लगिएको हो ।

उनको शुक्रबार शल्यक्रिया गरिँदै छ । भण्डारीलाई अहिले आईसीयूमा राखिएको छ ।

शरीरमा फ्लुडको मात्रा डबल गर्ने, बिहान साढे १० बजे पहिलो र साढे १ बजे आजै दोस्रो सर्जरी गर्ने बताइएको छ । यस्तै घाइते आमा ८६ वर्षीया हरिकला भण्डारीको भने कीर्तिपुर अस्पतालमै बिहीबार दिउँसो निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077