Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिभुवन विमानस्थलमा यात्रु ठग्ने ९ पसललाई कारबाही, १५ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र सञ्चालित ९ वटा पसलहरुलाई कारबाही गरेको छ ।

यात्रुसँग चर्को मूल्य असुलेपछि ती पसलहरुमाथि विभागले कारबाही गरेको हो । अनुगमनका क्रममा ती पसलहरुले यात्रुसँग एमआरपी भन्दा तीन गुणा बढी मूल्य लिएको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ ।

९ वटा पसललाई कारबाही गरेर १५ लाख रुपैयाँ असुली गरिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए । उनका अनुसार कसुरका आधारमा २ देखि ३ तीन लाख रुपैयाँ जरिबाना गरिएको हो ।

उनका अनुसार कारबाही पर्नेमा अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलमा रहेका एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एण्ड सप्लायर्स, एबीपी मार्ट, ओम नवदुर्गा इन्टरप्राइजेज, न्यु कन्फेक्सनरी स्टोर, एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप, होटल स्वनिङ (कफि एण्ड कन्फेक्सनरी), पीडी इन्टरप्राइजेज र होटल स्वनिङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077