काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो । स्कटल्याण्डले केही बेरमा नेपालविरुद्ध ब्याटिङ गर्नेछ । पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा छ ।
घरेलु टोली नेपाल स्कटल्याण्डलाई पराजित गर्ने सोचका साथ मैदानमा उत्रनेछ। यस्तै स्कटल्याण्डसँग हुने खेलमा नेपाली टोलीमा एउटा खेलाडी परिवर्तन भएका छन् ।
यसअघि फागुन २ गते नामिबियासँग भएको खेलका क्रममा प्लेइङ–११ मा भएका ललितनारायण राजवंशीलाई बेन्चमा राख्दा गुलशन झालाई मौका दिइएको छ।
यस्तो छ नेपालको प्लेइङ ११ :
आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल ९कप्तान०, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी र सन्दीप लामिछाने।