Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टेलिकममा समस्यै समस्या, गम्भीर दुर्घटनाको संकेत

काठमाडौं । नेपाल टेलिकममा एकपछि अर्को समस्या थपिँदै गएका छन्। बिल सिस्टम प्रणाली खराबीको असर पछिल्लो समय सबै सेवामा देखिएको छ। पछिल्लो एक महिनायता मात्रै तीनपटक फरक–फरक समस्या देखिएको छ।

बुधबार दिउँसो र गत माघ ३ गते समस्या मोबाइल नेटवर्कमा आएको थियो। बिहीबार बिहान पोस्टपेड मोबाइलमा फोन नजाने र ब्यालेन्स गायब हुने समस्या देखियो। यस्ता समस्याले सेवाग्राहीलाई असर त परेको छ नै, राजस्व चुहावटको समस्यासमेत हुने विज्ञ बताउँछन्।

टेलिकममा बिलिङ प्रणालीमा सुधार नगर्दा बेलाबेला फोन नलाग्ने, डेटा नचल्ने, एसएमएस नजाने, रिचार्ज नहुने, ब्यालेन्स हेर्न नमिल्ने, भ्वाइस प्याक लिन नमिल्नेलगायत समस्या देखा परिरहेको छ। तर, टेलिकमले सुधार गर्न चासो नदेखाएको जानकार बताउँछन्।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले बुधबार दिउँसो साढे १ बजेदेखि सवा २ बजेसम्म फोन नजाने समस्या आएको बताए। गत माघ ३ गते पनि उस्तै समस्या आउँदा डेढ घण्टा बढी समस्या आएको थियो। फोन कलको ट्राफिकका कारण दिनभरिजस्तो नेटवर्क प्रभावित भएको थियो। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077