Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी विश्वकप लिग–२ : कुशल र सन्दीपले दिए २–२ विकेट

काठमाडौं । आईसीसी विश्वकपएक दिवसीय लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

कुशल मल्ल र सन्दीप लामिछानेले समान दुई विकेट लिएपछि नेपालले उत्कृष्ट सुरुवात गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले १८ ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा ७१ रन बनाएर खेलिरहेको छ।

कुशलले ओपनर क्रिस्टोफर म्याकब्राइड र कप्तान रिची बेरिङटनलाई पवेलियन फर्काए। क्रिस्टोफर २२ र रिची १९ रन बनाउँदा पवेलियन फर्के।

२५ बलको सामना गरेका रिचीले २ चाौका र १ छक्का हान्दै कुशल मल्लको बलमा आउट भए। क्रिस्टोफर २२ रनमा आउट भए ।

म्याथु क्रस २ रनमा सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे। थोमस म्याकिन्टस १९ रनमा सन्दीपको बलमा एलबीडब्लु धरापमा परे । नेपालले स्कटल्यान्डविरुद्ध घरेलु मैदानमा पहिलो पटक खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077