Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेले थाल्यो ‘मिसन ग्रासरुट’ अभियान,ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान आजबाट सुरु गर्ने भएको छ । गत माघ २६ गतेको पार्टीको स्थायी कमिटीको निर्णयबमोजिम आजबाट सो अभियान शुरु हुन लागेको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो सवा १२ बजे सबै प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल माध्यमबाट एकसाथ सम्बोधन गर्नेछन् ।

यो अभियानका लागि पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई ११ वटा कार्यादेश दिएर पालिकाहरुमा खटाइएको छ ।

उनीहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव संकलन जस्ता काम गर्नेछन् । यो अभियानबाट पार्टीले नयाँ गति लिने एमालेको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077