काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले छैठौं सफलता हात पारेको छ।
नेपालका लागि सन्दीप लामिछानेले तीन, कुशल मल्लले २ तथा कुशल भुर्तेलले १ विकेट लिएका हुन्। सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेट लिएपछि स्कटल्याण्ड थप दवावमा परेको छ ।
सन्दीपले २२ रन बनाएर खेलिरहेका ब्रान्डन म्याकमुलनलाई कुशल मल्लको हातबाट क्याच गराएपछि स्कटल्यान्डले ११३ रनमै ६ विकेट गुमाएको छ । स्पिनरलाई सहयोग गरिरहेको पीचमा स्कटिस ब्याट्सम्यानले खुलेर खेल्न सकिरहेका छैनन् ।
पार्टटाइम बलर कुशल भुर्तेलले पनि एक विकेट लिएका छन् । कुशल मल्लले स्कटल्याण्डका दुई ओपनरहरुलाई आउट गरेसँगै खेलमा नेपालले पकड बनाएको थियो । स्कटल्याण्डले २७ ओभरमा ६ विकेट गुमाएर १२३ रन बनाएर खेलिरहेको छ।