काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा झरेको हो ।
अघिल्लो दिन छापावाला सुनको प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख २ हजार रुपैयाँ कायम भएको हो ।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य १२ सय ८५ रुपैयाँ कायम रहेको थियो ।