Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सांसद चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सुरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा पहिलो शल्यक्रिया सुरु भएको छ।

अस्पतालले उनको शल्यक्रिया सुरु गरेको सँगै रहेका नेता योगराज कंडेलले जानकारी दिएका छन्।

उनले नेता भण्डारीलाई शल्यक्रियाका लागि अपरेसन थिएटरतर्फ लैजाँदै गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्, ‘आदरणीय चन्द्र भण्डारीज्यूको पछिल्लो अपडेट। भर्खरै पहिलो सर्जरीका लागि लाँदै गरेको अवस्था।’

बुधबार राति घरमै ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भए लगत्तै १०ः३० बजे कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा भर्ना गरिएका उनलाई चिकित्सकले स्वेदशमा उपचार सम्भव नहुने बताएपछि बिहीबार मुम्बई लगिएको हो ।

चिकित्सकका अनुसार भण्डारीको शुक्रबार दुईपटक शल्यक्रिया (सर्जरी) गर्ने तयारी भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077