Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

फ्राइडे रिलिज : रामबाबुको नेपाली चलचित्र ‘फूलबारी’ हलमा

काठमाडौं । रामबाबु गुरुङद्वारा निर्देशित फूलबारी आजबाट सिनेमा हलमा लागेको छ ।

अवकाशप्राप्त शिक्षकको जीवनी देखाइएको सो चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राई देखिएका छन्।

सञ्चयकोषमार्फत पाउने रकम विद्यालयमै आफ्नी आमाको नामबाट कोष खडा गरेर अवकाशप्राप्त जीवन आफ्नो श्रीमती र सन्तानसँग बिताउने चाहना राखेको अभिभावकको अभाव र सरलताको कथा चलचित्रमा देखाइएको छ।

यशोधा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ ।

चलचित्रले क्यूएफएक्समा राम्रै शोज पाएको छ । क्यूएफएक्स चेनले आज देशभर यसलाई ३३ शोज उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077