Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा खनाल पक्राउ

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

युट्यूवमा करिश्माको विषयमा अभिव्यक्ति दिँदै चरित्र हत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका हुन् ।

खनाललाई  प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएकी थिइन् ।

उनलाई काठमाडौंबाट पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको ब्युरोले बतायो ।

न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए। उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077