Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईसीसी विश्वकप लिग–२ : त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजीकाे आशंकामा एकजना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले आईसीसीआईसीसीआईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गत जारी खेलमा सट्टेबाजीको आशंकामा एक जनालाई पक्राउ गरेको छ ।

सीआईबीले जारी नेपाल र स्कटल्याण्डबीचको खेलमा सट्टेबाजीको आशंकामा एक जनालाई पक्राउ गरेको हो ।

त्रिवि मैदानमा खटिएका प्रहरीहरुले नै एक व्यक्तिलाई पक्राउ गरेको सीआईबी स्रोतले बतायो ।

प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाएको छैन । अहिले नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077