Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्कटल्यान्डले नेपाललाई दियो २७५ रनको चुनौतिपूर्ण लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत जारी त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डले नेपाललाई २ सय ७५ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टर हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको हो ।

स्कटल्याण्डका लागि माइकल लिस्कले शतक पूरा गरे । ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।

२४ओभरको समाप्तिमा १ सय १० रन जोडेर ५ विकेट गुमाएको स्कटल्यान्डका लेस्कले सातौं विकेटका लागि ज्याक हार्भिससँग ८१ रनको साझेदारी गर्दै ८५ बलमा ९ छक्का र ३ चौकासहित सर्वाधिक १ सय ७ रनको अविजित इनिङ खेले । जार्भिस २६ रन जोडेर आउट भए ।

स्कटल्यान्डका ओपनरद्वय क्रिस्टोफर म्याकब्राइडले २२ रन र रिची बेरिङटनले १९ रन जोडे। दुवैलाई कुशल मल्लले क्याच आउट गरेका थिए। टोमस म्याकिङटोस १९ रन, म्याथ्यु क्रस २ रन र ब्रेन्डन म्याकुलम २२ रनमा आउट भए। तीनै जनालाई सन्दीप लामिछानेले आउट गरे।

क्रिस ग्रेभ्सलाई १६ रन बनाएर खेलिरहदा कुशल भुर्तेलले विकेटकिपर आसिफबाट क्याच गराए। यस्तै ज्याक जर्भिसलाई दीपेन्द्रसिंह ऐरीले २६ रनमा बोल्ड गरे। मार्क वाट २० रनमा रनआउट भए।

बलिङमा नेपालका सन्दीप लामिछानले तीन विकेट लिए। उनले १० ओभरमा २७ रन दिए। कुशल मल्लले दुई विकेट लिए भने सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट हात पारे। सिरिजमा यसअघि दुवै टिमले पहिलो खेलमा जित हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077