Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मकवानपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

हेटौँडा । मकवानपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ रामडाडाँमा चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको डिब्बा ट्रकले विपरित दिशाबाट आउँदै गरेको गा १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको ज्यान गएको हो।

ट्रकको ठक्करबाट स्कुटर चलाइरहेकी कास्की जिल्ला निर्मल पोखरी–२ बस्ने अन्दाजी ३८ वर्षीया निर्मला परियार रहेको मकवानपुर प्रहरीले जनाइएको छ।

ठक्कर दिने ट्रक, ट्रकका चालक र स्कुटर प्रहरी नियन्त्रणमा रहेको छ । मृतकको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077