Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी विश्वकप लिग–२ : नेपालले लगातार गुमायो ३ विकेट

काठमाडौं । आईसीसी विश्वकप एकदिवसीय लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले लगातार तीन विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले चौथो ओभरमा नै ३ विकेट गुमाएको हो ।

उत्कृष्ट सुरुवात गरेका ओपनर कुशल भुर्तेल १६ रन जोड्दै पवेलियन फर्के। कुशलले ८ बलमा ४ चौका हानेका थिए। पहिलो ओभरमा नै २३ रन बटुलेको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो।

तेस्रो नम्बरमा ब्याटिङमा आएका ज्ञानेन्द्र मल्ल ४ रनमा क्याच आउट भए। चौथो ओभरको समाप्तीमा नेपालले २ विकेटको क्षतिमा ३८ रन बनाएर खेलिरहेको छ।

अहिले क्रिजमा आशिफ शेखले १४ बलमा ९ रन बनाउँदै पेविलियन भए। २ ओभर बलिङ गरेका स्कटल्यान्डका क्रिस सोलेले २८ रन खर्चेर २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077