Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस नेता भण्डारीको पहिलो अप्रेशन सफल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा पहिलो अप्रेशन गरिएको छ।

सिलिन्डर ग्यास विस्फोटपछि घाइते भएका भण्डारीलाई बिहीबार एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो। त्यहाँ शुक्रबार उनको दुवै खुट्टाको अप्रेशन सफलतापूर्वक सकिएको सचिवालयले जनाएको छ।

उनलाई आईसीयुमा राखेर उपचार भइरहेको छ। चिकित्सकका अनुसार डा. भण्डारीको अर्को अप्रेशन तयारी पनि भइरहेको छ। त्यसका लागि उनीहरुले भण्डारीका आफन्तसँग परामर्श गर्दैछन्।

बुधबार राति घरमै ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भए लगत्तै १०ः३० बजे कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा भर्ना गरिएका उनलाई चिकित्सकले स्वेदशमा उपचार सम्भव नहुने बताएपछि बिहीबार मुम्बई लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077