काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालका कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरका जारी खेलको १८ औँ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरेका हुन्।
उनले ४२ बलमा अर्धशतक बनाउन ६ चौका र ३ छक्का हिर्काए। कुशलले एकदिवसीय खेलमा दोस्रो अर्धशतक प्रहार गरेका हुन्।
यसअघि उनले लिग-२ कै खेलमा अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका थिए। नेपालले स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले सुरुवाती पाँच ब्याट्सम्यानलाई गुमासकेको छ।
ओपनर कुशल भुर्तेल १६ रनमा पवेलियन फर्के। आशिफ शेख ९, ज्ञानेन्द्र मल्ल ४ र कप्तान रोहित पौडेल ६ रनमा आउट भए।
स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १२५ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरी २० र कुशल मल्ल ५२ रन बनाएर खेलिरहेका छन्।