Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईसीसी विश्वकप लिग–२ : दिपेन्द्रले पुरा गरे अर्धशतक

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्यान्डसँगको खेलमा दिपेन्द्र सिंह ऐरिले अर्धशतक पुरा गरेका छन्।

काठमाडौंमा जारी आईसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्डविरूद्ध ७० बलमा ऐरीले अर्धसतक पुरा गरेका हुन्।

दोस्रो अन्तर्राष्ट्रिय अर्धसतक बनाउने क्रममा ऐरीले १ छक्का र ५ चौका प्रहार गरे। यसअघि ऐरीले काठमाडौंमै युएईविरूद्ध अर्धसतक पूरा गरेका थिए।

ऐरीले काठमाडौंमै पिएनजीसँग पहिलो एक दिवसीय सतक प्रहार गरेका थिए।यसअघि कुशल मल्ल ८१ रन बनाएर आउट भएका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याएको नेपालले सम्हालिएर ब्याटिङ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077