Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डिल्लीराम खनालमाथि अनुसन्धान गर्न चार दिन म्याद थप

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका डिल्लीराम खनालमाथि अनुसन्धान गर्न चार दिन म्याद थपिएको छ।

काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न चार दिन म्याद थप गरेको साइबर ब्युरोले जानकारी दियो ।

युट्यूवमा करिश्माको विषयमा अभिव्यक्ति दिँदै चरित्र हत्या गरेको आरोपमा खनाललाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको थियो।

करिश्माले आफूलाई मानहानी गरेको भन्दै उनले गत माघ २४ गते नेपाल साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए। उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077