Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रजातन्त्र दिवसमा ३८१ कैदीबन्दीको सजाय मिनाहा

काठमाडौं । सरकारले प्रजातन्त्र दिवसको अवसर ३८१ जना कैदी बन्दीको बाँकी कैद मिनाहा गरेको छ ।

मन्त्रिपरिषद्को फागुन ४ गते बसेको बैठकले सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २ सय ७६ बमोजिम माफी मिनाहा गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार विष्णुकुमार लिम्बुसमेतका ३८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरिएको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ ।

'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को मिति २०७९/११/०४ को बैठकको सिफारिसका आधारमा मिति २०७९/११/०७ गते देखि लागू हुने गरी बिष्णुकुमार लिम्बुसमेतका ३८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ,' राष्ट्रपति कार्यालयले शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077