Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते

डोटी । डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि केआइसिंह–१ महादेव बस्ने ३६ वर्षीय चालक गोबिन्द शाही, र केआइसिंह–२ जारिमभाडी बस्ने बर्ष ४१ का सवार धन बहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

दुर्घटनामा परी ६ जना घाइते भएका छन् । केआईसिंह गाउँपालिका डुम्राकोट बस्ने २७ वर्षीय तेज तिरुवा र उनकी श्रीमती २६ वर्षीया राधा तिरुवा अवस्था गम्भीर रहेको छ ।

दुबै जनाको उपचारको लागी सुजङ अस्पताल राजपुर डोटी पठाएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।सामान्य घाईते सोही ठाउँका समीर तिरुवा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र मीन लुहार सामान्य उपचार पछि घर फर्किएका छन् ।

दिपायलबाट घाँटलाया तर्फ जाँदै गरेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जिप लोली भन्ने स्थानमा शुक्रबार राति साढे ११ बजेतिर दुर्घटनामा परेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077