Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सांसद भण्डारीको स्वास्थ्यमा सुधार, पाइपबाट खाना दिने तयारी

काठमाडौं । भारतमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य सुधार भइरहेको छ।

गत बुधबार राति घरमै ग्याँस सिलिन्डर पड्किँदा गम्भीर घाइते भएका सांसद भण्डारी अहिले मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत छन्।

सांसद भण्डारीको अवस्था पनि जटिल बनेपछि थप उपचारका लागि उनलाई बिहीबार भारत लगिएको हो।

सोही घटनामा परी गम्भीर घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने नेपालमै उपचारका क्रममा गत बिहीबार निधन भइसकेको छ।

शुक्रबार पहिलो शल्यक्रिया गरिएका नेता भण्डारीको स्वास्थ्य अहिले सुधार हुँदै गएको जनाइएको छ । आजबाट भण्डारीलाई पाइपमार्फत खाना दिने तयारी रहेको अस्पताले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077