Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाललाई दोस्रो सफलता,नामिवियाका दुवै ओपनरलाई सन्दीपले गरे आउट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिवियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला नामिवियालाई पहिलो ब्याटिङको निम्तो दिएको नेपालका लागि दुवै विकेट सन्दीप लामिछानेले लिएका हुन् ।

नेपालका बलरहरुलाई दबाबमा राख्दै नामिवियाका ओपनरहरुले उत्कृष्ट सुरुवात गरेका थिए ।

नामिवियाले पहिलो विकेटका लागि गरेको ६४ रनको साझेदारी तोड्दै लामिछानेले नेपाललाई पहिलो सफलता दिए ।

त्यसलगतै उनले अर्का ओपनरलाई बोल्ड गरेपछि खेलमा फर्किएको छ । यसअघि गत मंगलबार पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077