Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नामिबियाविरुद्ध जितका लागि नेपालले पायो २७५ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत जारी म्याचमा नेपाललाई नामिबियालाई महत्वपूर्ण २७५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको हो । पहिलो विकेटका लागि ओपनर लो हान्ड्रे लरेन्स र कार्ल ब्रिकेनस्टोकले ६४ रनको साझेदारी गरे। लरेन्स सन्दीपको बलमा बोल्ड आउट भए।

कार्ल २० रनमा सन्दीपको बलमा क्याच आउट भए। माइकल भान लिंगेन दिपेन्द्रको जोराको हातबाट २२ रनमा क्याच रन आउट भए। कप्तान गेहार्ड इरास्मस १५ रनमा सन्दीपको बलमा बोल्ड आउट भए। जान निकोल लिफ्टी–एटोन १५ रनमा करन केसीको बलमा क्याच आउट भए।

छैटौँ विकेटका लागि जेन ग्रिन र पिक्की या फ्रान्सले ९४ रनको साझेदारी गर्दै नामिबियाको इनिङ्स उकासेका थिए। फ्रान्स ४९ रनमा सोमपाल कामीको बलमा रनआउट भए। ३९ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का हाने।

जेन ग्रिन ७५ र रुबेन २४ रनमा नटआउट रहे। ग्रिनले ६३ बलमा ११ चौका र १ छक्का हाने। रुवेनले ७ बलमा ३ चौका र २ छक्का हाने। नेपालका लागि सन्दीप लामिछानेले तीन तथा करण केसीले एक विकेट लिए।

१० ओभर बलिङ गरेका सन्दीपले ४६ रन खर्चे। नामिबियाविरुद्ध ३ विकेट लिएसँगै लिग २ मा ५० विकेट पूरा गर्ने सन्दीप नेपालका पहिलो बलर बने। नेपालका लागि करण केसीमहंगा सावित भए। उनले ९ ओभरमा ७४ रन खर्चेर १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077