काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग -२अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको नामिबियाविरुद्धको खेलमा नेपालका दुई ब्याट्म्यानले शतकीय साझेदारी गरेका छन् ।
ज्ञानेन्द्रले २२.५ ओभरमा ५ चौका र २ छक्का हान्दै अर्धशतक पूरा गरेका हुन्। एक दिवसीय क्रिकेटमा ज्ञानेन्द्रको यो सातौँ अर्धशतक हो।
दोस्रो विकेटका लागि आशिफ र ज्ञानेन्द्र मल्लले ११८ रनको साझेदारी गर्दै क्रिजमा छन्। मल्ल ५२ र आशिफ ५३ रनमा नटआउट छन्।
नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरको समाप्तीमा १ विकेटको क्षतिमा १ सय १८ रन बनाएर खेलिरहेको छ।ओपनर कुशल भुर्तेल १ रनमा क्याच आउट भए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्ङिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले ६ विकेटको क्षतिमा २७४ रनको योगफल तयार पारेको थियो।