Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज ७औँ निर्वाचन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । निर्वाचन आयोगले आज ७औँ निर्वाचन आयोग दिवस मनाउँदै छ ।

आयोगले ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ आज निर्वाचन दिवस मनाउन लागेको हो ।

२०७३ सालदेखि ७ फागुनदेखि निर्वाचन दिवसको रूपमा मनाउन थालिएको हो । दिवसका अवसरमा आयोगले यसवर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरेको छ।

आयोगले नेपाल टेलिभिजन र रेडियो नेपालबाट अन्तर्संवाद प्रसारण, प्रमुख आयुक्त दिनेशकुमार थपलियाको सन्देश प्रसारण तथा प्रकाशन, कर्मचारी सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कार तथा प्रशंसा पत्र प्रदान गर्नेलगायत कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077