काठमाडौं : साताको पहिलो दिन अर्थात् आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ३ हजार २०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । आज तोलामा १५ रुपैयाँले बढ्दै चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुुगेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ थियो ।