Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आफै अलमलमा परेका पूर्वराजा ज्ञानेन्द्रको प्रस्तावको कुनै अर्थ छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रस्तावको कुनै अर्थ नभएको बताएका छन्।

एमाले निकट राष्ट्रिय खेलकुद महासंघको अधिवेशन उद्घाटन गर्न आइतबार विराटनगर आइपुगेका ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। उहाँ अझैपनि पुरानो झल्को आइरह्न्छ । दुईचार जना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोस्याउछ । त्यतिमात्रै हो । अरु केही होइन । उहाँहरुले २४० बर्षसम्म चलाउनुभएको होइन । के गर्नुभएको थियो ? देश कहाँ पुर्याउनुभयो ? ज्ञानेन्द्रजीसँग के बिषयमा सहकार्य गर्ने ?’

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा सन्देशमा दिँदै दल र राजसंस्थाबीच सहकार्यको प्रस्ताव गरेको प्रसंगमा ओलीले त्यस्तो प्रस्तावको कुनै अर्थ नभएको बताए।

२ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न गर्दै उनले १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको उनले बताए ।

त्यस्तै अध्यक्ष ओलीले राष्ट्रपतिको चुनावमा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई साथ नदिने कुरा कल्पनाभन्दा बाहिरको भएको बताए।

ओलीले भने, ‘राष्ट्रपतिको चुनावमा माओवादीले साथ दिँदैन कि भन्ने कल्पना नै नगर्नुस् । सबै कुरा पहिला नै फिक्स भइसकेको छ। राष्ट्रिय सहमतिका साथ एमालेका उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन्।’

उनले राष्ट्रपतिको विषयमा माओवादीसँग पहिला नै सहमति भइसकेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077