Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

चितुवाको छालासहित कैलालीबाट दुई जना पक्राउ

धनगढी । कैलाली प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–६ का ३६ वर्षीय तुलबहादुर बि।क र जुम्लाको तातोपानी गाउँपालिका– ४ राउतवाडा का ५० वर्षीय तुल बहादुर खत्री रहेका छन् ।

उनीहरुलाई कुइनेबाट चिसापानीतर्फ से.५ प ८०३१ नम्बरको मोटरसाईकलमा चितुवाको छालासहित आइरहेको अवस्थामा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले खत्रीसँग रहेको झोला चेक जाँच लम्बाई ७ फिट १० ईन्च र चौडाई ४ फिट ७ ईन्च भएको चितुवाको छाला बरामद गरेको हो ।

उनीहरुको साथबाट बन्यजन्तुको जस्तो देखिने बिभिन्न भागका गरेर २ किलो ९५० ग्राम हड्डी समेत बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077