Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी सरकारमा जसपा पनि सहभागी, भण्डारीलाल बने कृषिमन्त्री

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी पनि सहभागी भएको छ ।

मुख्यमन्त्री लिला गिरिको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरेका हुन् ।

यसअघि उक्त मन्त्रालयको जिम्मेवारी एमालेका तुलसीराम शर्माले सम्हालेका थिए। मुख्यमन्त्री गिरीले शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी दिएका छन् ।

आइतबार नियुक्त भएका मन्त्री अहिरले सोमबार बिहान ११ बजे प्रदेश प्रमुख अमिक शेरचेनको कार्यालयमा पद तथा गोपनियताको शपथ लिनेछन् ।

भण्डारीलाल प्रदेश सभा बाँके २ क का सांसद हुन् । यससँगै लुम्बिनीको मन्त्रिपरिषद ११ सदस्यीय भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077