Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सांसद भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य सुधारउन्मुख रहेको छ ।

अस्पतालमा रहेका योगराज कँडेलका अनुसार उपचारमा खटिएका डाक्टर अमुल मात्रेले पिसाबको मात्रा साधारण रहेको र अन्य पारामिटरसमेत ठिक रहेको बताए । भण्डारीको हिजो दिउँसो छातीको फिजियो गराइएको छ ।

अनुहारको डढेको कालो छाला झरेर नयाँ पलाउन लागेको जस्तो देखिएको तथा कृत्रिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झारिएको अस्पताललाई उद्धृत गर्दै कँडेलले जानकारी दिए ।

गएको मङ्गलवार राति ग्यास चुहावट भएर शरीरमा आगो लागेपछि नेता भण्डारीलाई उपचारका लागि मुम्बई लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077