Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति निर्वाचनमा पौडेललाई अघि सार्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा नेता रामचन्द्र पौडेललाई अघि सार्ने तयारी गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिको उम्मेदवार बन्ने आकाङ्क्षा राख्दै आएकोएक नेताले बताए ।

ती नेताका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवासहित केही पदाधिकारी तथा पूर्वपदाधिकारी पौडेललाई नै अघि सार्न एकमत देखिएका छन् ।

फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दिने मिति निर्वाचन आयोगले तय गरेकाले कांग्रेसले ११ वा १२ गते पदाधिकारी र कार्यसम्पादन समितिको बैठकबाट उम्मेदवार टुङ्गो लगाउने तयारी छ ।

'राष्ट्रपति बन्न पार्टीमा धेरै नेता योग्य र सक्षम हुनुहुन्छ,' ती नेताले भने, 'तर हाम्रो (कांग्रेस) बाट पौडेलजीलाई उम्मेदवार बनाउने एक प्रकारको समझदारी छ ।'

पौडेललाई राष्ट्रपतिका रूपमा अघि सार्दा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र पनि सकारात्मक हुने कांग्रेस नेताहरूको बुझाइ छ ।

माओवादीले राष्ट्रपतिमा सहयोग गर्नेमा आश्वस्त देखिएका कांग्रेसनिकट एक नेताले भने, 'प्रचण्ड (पुष्पकमल दाहाल) जीले कांग्रेसले उठाउने उम्मेदवारका विषयमा सभापतिसँग एकपटक छलफल गरेर पार्टीबाट निर्णय गर्ने पक्षमा हुनुहुन्छ ।' नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077