Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारको सक्रियता बढेसँगै सात महिनामा १० हजार उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेसँगै विगत सात महिनाको अवधिमा विभिन्न निकायमा भएका भ्रष्टाचारविरुद्ध १० हजार बढी उजुरी परेको छ ।

चालू आर्थिक वर्ष २०७९/८० को साउनदेखि फागुनको पहिलो सातासम्म १० हजार २२ वटा उजुरी परेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार गत माघ महिनामा मात्रै अख्तियारमा भ्रष्टाचारविरुद्धका १ हजार ५ सय ३२ वटा उजुरी परेको छ । त्यस्तै, पुस महिनामा १ हजार ३ सय ३२ वटा उजुरी परेको छ भने फागुनको हालसम्मको अवधिमा ३ सय ५१ वटा उजुरी परेको छ ।

अख्तियार नेतृत्वले परेका उजुरीको संवेदनशीलता हेरेर तत्काल उजुरी’दयगतमा आवश्यकताअनुसार अनुसन्धान प्रक्रियासमेत थाल्ने गरेको छ । अख्तियारले एक महिनामा मात्रै दर्जनांै भ्रष्टाचारका मुद्दा विशेष अदालतमा दर्ता गर्न सफल भएको छ । जसअनुसार पछिल्लो एक महिनामा मात्रै ८० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियारले पछिल्लो समयमा दिनहुँ जसो भ्रष्टाचारका मुद्दाहरू दर्ता गर्न सफल हुँदै आइरहेको छ । अख्तियारले ५ फागुनमा ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो भने ४ फागुनमा दुई जनाविरुद्ध अकुत सम्पत्तिमा मुद्दा दायर गरेको थियो ।

यसैगरी, २ फागुनमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलमा भएको अनियमिततामा ९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

यसैगरी २७ माघमा २ जनाविरुद्ध, २४ माघमा ६ जना विरुद्ध, २३ माघमा १८ जना विरुद्ध , २० माघमा ६ जनाविरुद्ध, १८ माघमा ९ जनाविरुद्ध, १७ माघमा २ जनाविरुद्ध, १२ माघमा ३ जनाविरुद्ध, ११ माघमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । यसैगरी, अख्तियारले ९ माघमा आठ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077