Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

काठमाडौं । बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुबास रेग्मी पक्राउ परेका छन्।

थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

ब्युरोले साइबर अपराध सम्बन्धी उजुरीपछि रेग्मीलाई पक्राउ गरिएको हो । गायक प्रमोद खरेललगायतले रेग्मीविरुद्ध उजुरी गरेको बुझिएको छ।

रेग्मीले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोपसहित साइबर ब्युरोमा उजुरी परेको थियो ।

उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077