Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्कटल्यान्डले नामिबियालाई दियो २२२ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा स्कटल्यान्डले नामिबियालाई २२२ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४८ ओभर ४ बलमा सबै विकेट गुमाएर २२१ रन जोड्यो । स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले ४७, टोमस माकिन्टोसले ३४, कप्तान रिची बेरिङ्टनले ३२ तथा लियाम नेयलरले २० रन बनाए । माइकल लिस्कले २९ रन बनाए ।

नामिबियाका लागि रुवेन ट्रम्पेलम्यानले ५, टंगेनी लुङ्गामेनी २ विकेट तथा बेन सिकोन्गो र बर्नार्ड स्कोल्जले १/१ विकेट लिए । जारी सिरिजमा नामिबियाले अघिल्ला ३ वटै खेलमा पराजय भोगिसकेको छ ।

दुई खेल खेलेको स्कटल्यान्डले भने एक खेलमा जित तथा एक खेलमा पराजय भोगेको छ । नामिबियाले नेपालविरुद्ध २ तथा स्कटल्यान्डविरुद्ध १ खेलमा पराजय भोगेको थियो । स्कटल्यान्डले भने नामिबियालाई पराजित गर्दा नेपालसँग हार भोगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077