Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सडक निर्माण गर्दा भ्रष्टाचार गर्ने पालिकाका कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिका तत्कालीन इञ्जिनियर र सव-इञ्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले गाउँपालिकाका तत्कालीन इञ्जिनियर सरोज कुमार दाहाल र सव इञ्जिनियर नविन कुमार विसीविरुद्ध मुद्दा दायर भएको हो ।

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नम्बर ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माणका क्रममा फिल्डमा भएको कामभन्दा बढी राखेर नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार परी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको अख्तियारको दाबी छ ।

उनीहरुले आपसी मिलेमतो गरी निगालपानी रेग बगौरा सडक निर्माण योजना सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत झुट्टा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी मापदण्ड अनुसार सडक निर्माण भएको भनी बदनियतपूर्वक वास्तविक भए गरेको कार्य लुकाइछिपाइ नभए नगरेको कुरा देखाई भ्रष्टाचार निवारण ऐन, २०५५ को दफा १९ को उपदफा (२) बमोजिम कसूर गरेको अख्तियारको दाबी छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा दैलेखको गुराँस गाउँपालिका वडा नं. ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माण योजनाको रकम उनीहरुले हिनामिना गरेको अख्तियारको दाबी छ । उनीहरुले सम्म्झौता विपरीत भएको कामलाई सही देखाएर गलत अनुगमन प्रतिवेदन तयार पारेको अख्तियारका दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077