Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिको उम्मेदवारमा माधव नेपाल र शेरबहादुर देउवाको चर्चा

काठमाडौं । राष्ट्रपति चयनका लागि चुनाव नजिकिँदै गर्दा शीर्ष नेताहरुबीच छलफल र भेटघाट तीव्र भएको छ ।

अस्ति आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बन्न प्रस्ताव गरेपछि शीर्ष नेताहरु सहमति जुटाउन थप सक्रिय बनेका छन् ।

एमाले र एकीकृत समाजवादीका दोस्रो तहका केही नेताहरु माधव नेपाललाई वामपन्थी दलका तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार बनाएर पार्टी एकता गराउन सक्रिय भएका छन् । एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवारमा सहमति नहुने सम्भावना देखेपछि नेपाललाई अघि सारेको हो ।

आइतबार महाराजगञ्जस्थित एक घरमा भएको चार घण्टा लामो वार्तामा ओलीले एकीकृत समाजवादी एमालेमा समाहित गर्न र राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेका हुन् ।

राष्ट्रपति निर्वाचनमा निर्णायक शक्ति रहेको माओवादीले पदाधिकारी बैठक गरेरै पुस १० मा एमालेसँग भएको सत्ता साझेदारीको परिस्थिति बदलिएको निष्कर्षसहित स्वार्थ मिल्नेसँग राष्ट्रपति निर्वाचनमा सहकार्य गर्ने निर्णय लिएपछि ओलीको यस्तो प्रस्ताव आएको हो ।

माओवादी केन्द्रले राष्ट्रतिमा कसलाई समर्थन गर्ने भन्ने अझै स्पष्ट भइसकेको छैन । यस्तै कांग्रेसले भने कसलाई राष्ट्रपतिको उम्मेदवार बन्ने भने अझै टुंगो लागेको छैन। कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा बढेका वेला सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिमा अघि सार्न दबाब दिएका छन्।​

कांग्रेसका एक शीर्ष नेताले सभापति देउवालाई उम्मेदवार बनाउने चर्चा हुनु र निर्णय लिन ढिलो हुनु संयोग मात्रै नभएको बताए । यद्यपि सभापति देउवाले रामचन्द्र पौडेललाई राष्ट्रपतिमा उठाउने वचन दिएकाले आफैँ अघि सर्दा पदको लोभ गरेको आरोप लाग्न सक्ने भएकाले देउवा नैतिक संकटमा परेको उनको भनाइ छ। ​

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077