काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ कोत्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले पहिलो विकेट लिएको छ ।
नेपाललाई सन्दीपले पहिलो सफलता दिलाएका हुन् । उनले ८.५ ओभरमा विकेट लिएका हुन् । उनले केल कोइट्जरलाई २२ रनमा एलबिडब्लूको धरापमा पारे ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्दै छ । खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ।
टिममा तीव्र गतिका बलर गुल्झन झाको स्थानमा ललितनारायण राजवंशी फर्किएका छन् ।