Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्कटल्यान्विरुद्ध नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत आज स्कटल्यान्डविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । तीन वटै विकेट सन्दीप लामिछानेले लिएका हुन् ।

पहिलो विकेट लिनेक्रममा नेपालका बलर सन्दीप लामिछानेले स्कटल्याण्डका सुरुवाती बलर काइल कोट्जर एलविडब्लु आउट गरे । आठौ ओभरमा वलिङ गर्न आएका सन्दीपले ओभरको पाँचौ वलमा काइललाई २२ रनमा आउट गर्दै पहिलो विकेट लिए ।

यस्तै उनले खेलको १४ ओभरमा दुई विकेट हात पारे । यस श्रृखलमा सन्दीपको यो १२औँ विकेट हो । यस अघि खेलेको तीन खेलमा उनले ९ विकेट लिएका थिए । स्कटल्याण्ड अहिले १४.१ ओभरमा तीन विकेट गुमाएर ९० रन बनाएर खेलिरहेको छ ।

क्रितिपुर क्रिकेट मैदानमा आज बिहान ९ बजे देखि शुरु भएको यो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077