Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्कटल्यान्डविरुद्ध सन्दीपको आक्रामक बलिङ,पाँच ओभरमै लिए चार विकेट

काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले ५ विकेट लिएको छ।

लेग स्पिनर सन्दीप लामिछानेले ४ विकेट झारे भने नेपालका लागि कुशल मल्लले एक विकेट लिएका हुन् । त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु टोली नेपालविरुद्ध स्कटल्यान्डले ब्याटिङ गरिरहेको छ।

सन्दीपले २२औँ ओभरको तेस्रो बलमा सन्दीप जोराको हातबाट क्याचआउट गराएका छन्। उनले थोमस म्याकिन्टोसलाई आउट गरे। सन्दीपले सातौ ओभरको पाँचौ बलमा ओपनर कार्ल कोट्जरलाई एलबीडब्लु धरापमा पारेका थिए।

सन्दीपले नै १३ औ ओभरको पाँचौँ बलमा जर्ज मुन्सेलाई बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाएका थिए। नेपालविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका मुन्सेले ५० बलमा ९ चौका र २ छक्का मद्धतमा ६० रन बनाएका थिए।

नेपालविरुद्ध पहिलो खेलमा आराम दिइएको मुन्सेलाई स्कटल्यान्डले आजको खेलमा मैदान उतारेको थियो। सन्दीपले १४ औँ ओभरको अन्तिम बलमा कप्तान रिची बेरिङटोनलाई एलबीडब्लु धरापमा पारे।

रिची पहिलो बलमा नै आउट भए। कुशलले २०.२ ओभरमा म्याक ब्राइडलाई २२ रनमा एलबीडब्लु धरापमा पारे। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको स्कटल्यान्डले २३ ओभरको समाप्तीमा ५ विकेटको क्षतिमा १ सय २४ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077