Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्कटल्यान्डविरूद्ध नेपालले लियो ७ विकेट

काठमाडौं ।आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले ७ विकेट लिएको छ।

नेपालका लागि सन्दीप लामिछानेले ४, कुशल मल्लले एक र करन केसीले दुुई विकेट लिएका हुन्।

३४ ओभरमा बलिङ गर्न आएका करण केसीले पाँचौं बलमा विकेट लिएका हुन्। यसअघि सोही ओभरको तेस्रो बलमा स्कटल्यान्डका ब्याट्सम्यान माइकल लिस रन आउट भएका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ३५ ओभरमा ७ विकेट गुमाउदा १७५रन जोडेको छ। खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा तीव्र गतिका बलर गुल्झन झाको स्थानमा ललितनारायण राजवंशी फर्किएका छन्।

सिरिजमा यसअघि नेपालले लगातार तीन खेलमा जित हात पारेको थियो। नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेको थियो। यस्तै नेपालले स्कटल्यान्डलाई हराएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077