Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्सामा गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु

वीरगञ्ज । पर्सामा गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ । ठोरी गाउँपालिका-४ विजयबस्तीका विश्वास श्रेष्ठको मृत्यु भएको हो ।

हुलाकी सडक खण्डमा ठोरीबाट वीरगञ्जतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०१–०२७ च ०३०३ नम्बरको भ्यानले ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो ।

कोचिङ क्लास पढेर घर फर्किने क्रममा भ्यानले ठक्कर दिँदा श्रेष्ठको टाउको र शरीरमा गम्भीर चोट लागि घाइते भएका थिए ।

उपचारको क्रममा बिहान सवा १० बजे तराई अस्पताल वीरगञ्जमा बालकको मृत्यु भएको हो ।

दुर्घटनापश्चात फरार रहेका सवारी चालक चितवन माडी नगरपालिका–३ का २५ वर्षीय पदमबिलास पन्तलाई प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077