Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी विश्वकप लिग–२ : नेपालले गुमायो ३ विकेट

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले ११ औँ ओभरको तेस्रो बलमा तेस्रो विकेट गुमाएको हो ।

नेपालका ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए । उनलाई स्कटल्यान्डका मार्क वाटले एलबीडब्लू आउट गराएका हुन् । यसअघि नेपालले आसिफ शेखलाई दोस्रो र कुशल भुर्तेललाई पहिलो विकेटको रूपमा गुमाएको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077