काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले ७ विकेटको नोक्सानीमा ११४ रन मात्र बनाउन सकेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले शीर्ष क्रमका ७ ब्याटर गुमाइसकेको छ ।
नेपालका सुरुवाती व्याट्सम्यान कुशल भुर्तेल १ , आसिक सेख १२, ज्ञानेन्द्र मल्ल २१ तथा कुशल मल्ल १७ रन आउट भए भने सोमपाल कामी १ रन बनाएर पेबिलयन फर्के ।
अन्तिम पाँचौ विकेटको रुपमा सन्दीप जोरा १ रनमा आउट भएपछि नेपाल कठिन परिस्थीतीमा रहेको छ ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्याण्ड ४६.१ ओभरमा २ सय १२ रनमा अलआउट भएको थियो।