काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय शृङ्खलामा स्कटल्यान्डविरुद्ध नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा जारी शृङ्खलाको अन्तिम खेलमा लक्ष्य पछ्याइरहेको नेपाली टिमबाट रोहितले ५४ बलमा चार चौका र दुई छक्कासहित अर्धशतक पूरा गरेका हुन्।
स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ७ विकेट गुमाएको अवस्थामा रोहितले अर्धशतक प्रहार गरे ।
एकदिवसीय क्रिकेटमा रोहितको यो सातौं अर्धशतक हो ।
स्कटल्यान्डले प्रस्तुत गरेको २१३ रनको लक्ष्य पछ्याइरहेको नेपालले अहिले ३२ओभरको खेल सकिदा सात विकेट गुमाएर १४० रन बनाएको छ ।