Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्कटल्यान्डमाथि नेपालको दोस्रो शानदार जित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आजको अन्तिम खेलमा कमजोर ब्याटिङले निरन्तरता पाएपनि नेपालले स्कटल्यान्डमाथि शानदार जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा जारी शृङ्खलाको अन्तिम खेलमा २१३ रनको लक्ष्य पछ्याएको नेपालले८ विकेटको क्षतीमा स्कटल्यान्डमाथि जित निकालेको हो ।

नेपालले ३५ बल बाँकी छँदै जित निकाल्न सफल भयो। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा धर्माराइसकेको अवस्थामा पनि कप्तान रोहितले नेपाललाई जित दिलाए। करन केसीसँग नटआउट साझेदारी गरे।

ओपनर कुशल भुर्तेललाई १ रनमै गुमाएको नेपाल शुरूदेखि नै धर्माराएको थियो। ब्याटरहरू लगातार पेभिलियन फर्किएपछि नेपालको जितको आशा झिनो बनेको थियो।

नेपालका दुवै ओपनर चल्ल सकेनन्। ओपनरद्वय कुशल भुर्तेल १ रन र आसिफ शेख १२ रनमा आउट भए। कुशल दोस्रो ओभर र आसिफ सातौं ओभरमा आउट भएका थिए।

यस्तोमा कप्तान रोहितले नेपालको इनिङ उकासे। रोहितबाहेक नेपालका लागि करन केसीले नटआउट ३१ रन जोडे। अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले जम्मा २१ रन बनाए भने आशिफ शेख १२, कुशल मल्लले १७ रन जोडे। अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्।

ज्ञानेन्द्र मल्ल २१ रन बनाएर खेलिरहदा मार्क वाटको एलबिडब्लूको धरापमा परे। ज्ञानेन्द्रले ३० बलमा ४ चौका प्रहार गरे। लगातार विकेट गएपछि नेपाल दबाबमा परेको थियो। सन्दीप लामिछाने आठौं विकेटको रुपमा ९ रन बनाएर आउट भए।

​नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए। योसँगै नेपालले यस लिगअन्तर्गत त्रिवि क्रिकेट मैदानमा खेलिएका सबै खेलमा नेपाल विजयी भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077