काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिज नेपालले क्लीन स्वीप गरेको छ।
मंगलबार भएको अन्तिम खेलमा लिग २ च्याम्पियन स्कटल्यान्डमथि २ विकेटको रोमाञ्चक जित निकाल्दै कीर्तिमानी जितका साथ सिरिज क्लीन स्वीप गरेको हो।

कप्तान रोहित पौडेलेको शानदार इनिङप्रेरिन नेपालले त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा च्याम्पियन स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको दुई सय १३ रनको लक्ष्य पएको नेपालका लागि चौथो नम्बरमा क्रिजमा उत्रिएका रोहितले १०१ बलमा सात चौका र चार छक्कासहित अविजित ९५ रनको महत्त्वपूर्ण इनिङ खेले।

नेपालले ४४.१ ओभरमा आठ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

नेपालले लिग २ को सिरिजमा पहिलो पटक चारै खेलमा जित निकालेको हो। स्कटल्यान्डलाई एकै सिरिजका दुवै खेलमा हराउने नेपाल एक्लो टोली हो।
