Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डक नहरमा बेपत्ता महिला र दुई छोराको शव फेला

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरस्थित गण्डक नहरमा डुबेर तीन जनाको मृत्यु भएको छ ।

स्थानीय तीर्थराम थारुकी २९ वर्षीया श्रीमती प्रतिमा थारु र छोराहरू ९ वर्षीय कृष र ७ वर्षीय सुमितको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार कुर्ता सलवारले दुई छोरालाई कम्मरमा बाँधेको अवस्थामा शव फेला परेको थियो ।

उनका श्रीमान् वैदेशिक रोजगारमा गएका छन् । उनले के कति कारणले हाम फालिन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077